Rule 16
मौजुदा दर्ता स्रेस्ता भिडाई जग्गा दर्ता गर्ने

(१) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि एक पटक नाप जा“च भई दर्ता स्रेस्ता तयार भईसकेको जग्गामा पुन
नाप जाँच हुँदा दुई वा दुई भन्दा वढी व्यक्तिहरूको वीच तेरो मेरो सम्बन्धी प्रश्न उठेमा नापी गोश्वाराले मौजुदा दर्ता स्रेस्ता भिडाई जग्गा दर्ता गर्नु पर्नेछ ।
(२) एकपटक नाप जाँच भै व्यक्तिको नाउँमा दर्ता कायम रहेको जग्गामा पुन नापी हुदाँ खोला पसी जग्गाको स्थिति परिवर्तन भएको रहेछ भने क्षेत्रीय कितावको विरहमा खोला वा वगर उल्लेख गरी उक्त कितावको कैफियत महलमा सम्बन्धित जग्गाधनीको स्वामित्व भएको व्यहोरा प्रमाणित गरी राख्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्रमाणित भएको जग्गामा पछि खोलाले छाडी उकास हुन आएको भनी सम्बन्धित व्यक्तिले निवेदन दिएमा नापी शाखाले आवश्यक कुराहरू बुझी साविक बमोजिम सम्बन्धित व्यक्तिका नाउ“मा स्रेस्ता कायम गरी मालपोत कार्यालयलाई जानकारी दिनु पर्नेछ ।